सडक अवरोध हट्यो, मुग्लिन–पोखरा स्तरोन्नतिमा द्रुत गति

Published on

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै मुग्लिन–पोखरा खण्डमा आजदेखि कुनै पनि प्रकारको यातायात अवरोध कायम रहेको छैन । मङ्सिर ६ देखि ११ गतेसम्म बिहान–दिउँसो गरी चार घण्टासम्म गरिएको आवधिक सडक बन्द अब आवश्यक नपर्ने भएकाले यातायात पूर्ण रूपमा सुचारु भएको हो । मुख्य मार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था हटेपछि यात्रु तथा चालक दुवै सहज यात्राको अनुभूति गरिरहेका छन् । आयोजनाका अनुसार पुलसम्बन्धी प्राथमिक काम सम्पन्न भएसँगै राजमार्ग पूर्ववत् रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेखनीय प्रगति जनाएको छ । ३८ मध्ये ३७ किमि एकतर्फी कालोपत्रे पूरा भइसकेकाले यात्रा झनै सहज बन्दै गएको स्थानीयहरूको भनाइ छ । केही स्थानमा दोस्रो तहसम्म कालोपत्रे सम्पन्न भइसकेका कारण सडकको गुणवत्ता थप उकासिएको छ । सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा अघि बढिरहेका छन् । पश्चिम खण्डमा निर्माणाधीन १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ ।

दैनिक करिब ६ सय मजदुर काममा खटिने यस क्षेत्रमा महिनामा झन्डै १८ हजार जनाले रोजगारी पाउने व्यवस्था बनेको छ । कुल भौतिक प्रगति ५९ प्रतिशत नाघेको आयोजनाका इन्जिनियर सहनशिला कायस्थका अनुसार संरचना सार्ने, रुख काट्ने तथा निजी घर हटाउने प्रक्रियामा ढिलाइ हुँदा केही काम प्रभावित भए पनि समग्र प्रगति लक्ष्यअनुसारै अघि बढिरहेको छ । अवरोध हटेपछि यात्रुहरूले अझ सहज, छरितो र सुरक्षित यात्राको अनुभव गर्न थालेका छन् । निर्धारित समयसीमाभित्र स्तरोन्नति कार्य सम्पन्न भई आधुनिक मापदण्डअनुसारको राजमार्ग सार्वजनिक हुने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...