सडक अवरोध हट्यो, मुग्लिन–पोखरा स्तरोन्नतिमा द्रुत गति

Published on

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै मुग्लिन–पोखरा खण्डमा आजदेखि कुनै पनि प्रकारको यातायात अवरोध कायम रहेको छैन । मङ्सिर ६ देखि ११ गतेसम्म बिहान–दिउँसो गरी चार घण्टासम्म गरिएको आवधिक सडक बन्द अब आवश्यक नपर्ने भएकाले यातायात पूर्ण रूपमा सुचारु भएको हो । मुख्य मार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था हटेपछि यात्रु तथा चालक दुवै सहज यात्राको अनुभूति गरिरहेका छन् । आयोजनाका अनुसार पुलसम्बन्धी प्राथमिक काम सम्पन्न भएसँगै राजमार्ग पूर्ववत् रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेखनीय प्रगति जनाएको छ । ३८ मध्ये ३७ किमि एकतर्फी कालोपत्रे पूरा भइसकेकाले यात्रा झनै सहज बन्दै गएको स्थानीयहरूको भनाइ छ । केही स्थानमा दोस्रो तहसम्म कालोपत्रे सम्पन्न भइसकेका कारण सडकको गुणवत्ता थप उकासिएको छ । सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा अघि बढिरहेका छन् । पश्चिम खण्डमा निर्माणाधीन १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ ।

दैनिक करिब ६ सय मजदुर काममा खटिने यस क्षेत्रमा महिनामा झन्डै १८ हजार जनाले रोजगारी पाउने व्यवस्था बनेको छ । कुल भौतिक प्रगति ५९ प्रतिशत नाघेको आयोजनाका इन्जिनियर सहनशिला कायस्थका अनुसार संरचना सार्ने, रुख काट्ने तथा निजी घर हटाउने प्रक्रियामा ढिलाइ हुँदा केही काम प्रभावित भए पनि समग्र प्रगति लक्ष्यअनुसारै अघि बढिरहेको छ । अवरोध हटेपछि यात्रुहरूले अझ सहज, छरितो र सुरक्षित यात्राको अनुभव गर्न थालेका छन् । निर्धारित समयसीमाभित्र स्तरोन्नति कार्य सम्पन्न भई आधुनिक मापदण्डअनुसारको राजमार्ग सार्वजनिक हुने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...