धरानमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। धरानबाट इटहरीतर्फ जाँदै थियो मोटरसाइकल (प्र १–०३–००१ प १३२४) रोड छेउमा पार्किङ गरिएको ट्रक (प्र १–०२–००१ ख ८७५७) मा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुईै जना गम्भीर घाइते बनेका थिए। उनीहरूलाई तत्काल उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान लगिएको थियो। उपचारको क्रममा मोटरसाइकल चालक, इटहरी–४ का २५ वर्षीय मन्जिल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले बताए। पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको उपचार जारी छ। घटनापछि ट्रक तथा ट्रक चालक तेह्रथुम फेदाप–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक लिम्बूको शव बिपी प्रतिष्ठानको शवगृहमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...