कानेपोखरी गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने

Published on

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरी-५, भौंसावारीमा प्रमुख प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाको संयुक्त लगानीमा १० करोड ९७ लाख ७० हजार २७८ रुपियाँ ७३ पैसामा भवन निर्माण हुने भएको हो । हेटौँडाको अर्थ-श्रीमान जेभीले लागत इस्टमेट भन्दा ३२ दशमलव २८ प्रतिशत अर्थात पाँच करोड २३ लाख २४ हजार ६२३ रुपियाँ ९० पैसा घटीमा भवन निर्माणको ठेक्का लिएको छ । गत कात्तिक २७ गते पालिका र निर्माण कम्पनीबिच सम्झौता भएको प्रशासनिक भवन २०८४ को कात्तिक मसान्तसम्ममा निर्माण गरी जिम्मा लगाउनु पर्ने छ ।

तत्कालिन बयरवन, केरौन र होक्लाबारी गाविस समाहित भई बनेको कानेपोखरी गाउँपालिकाको केन्द्र राज्य पुनर्संरचना आयोगले बयरवन गाविसको कार्यालयलाई तोकेको थियो । तर,गाउँ सभाको दुई तिहाइ बहुमतले केन्द्र सार्ने निर्णय गरेपछि भौंसाबारीमा नयाँ भवन निर्माणको बाटो खुलेको हो । कानेपोखरी ६ रमाइलोबाट गत फागुनमा पालिकाको सेवा वडा नम्बर ५ को वडा कार्यालयबाट दिन थालिएको थियो । वडा कार्यालयको साँघुरो भवनबाट सेवा दिइरहेको पालिकालाई नयाँ भवन बनाउन सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेपछि पालिकाले चालु आवको बजेटमा ४ करोड रुपियाँ विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले तीन तलाको भवनमा भुुइँ तलामा १२ कोठा र पहिलो र दोस्रो थलामा १४-१४ कोठा रहने जानकारी दिनुभयो । 

हाल गाउँपालिका बसिरहेको भवनमा भदौ २४ गते जेनजी आन्दोलनक क्रममा आगजनी भएको थियो । इन्जिनियरले आगजनी भएको भवन बस्न अयोग्य भएको रिपोर्ट दिएपछि पालिकाका कर्मचारी जोखिम मोलेर काम गरिरहेका छन् । पालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारी, कांग्रेस गाउँ सभापति योगेन्द्रप्रसाद दाहाल लगायतले बोल्नु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...