एमाले महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत

Published on

काठमाडौं । नेकपा एमाले सिन्धुलीले पार्टीको आसन्न ११ औं केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको छ । दुई वटा सङ्घिय निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा खुलातर्फ नौ, महिलातर्फ छ, युवातर्फ दुई र दलिततर्फ एक गरी कुल १८ जना महाधिवेशन प्रतिनिधि चयन सोमबार बेलुका सर्वसम्मत टुङ्ग्याएको उक्त पार्टीले जनाएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार प्रधिनिधि चयनका लागि मङ्सिर ९ गतेदेखि नै निर्वाचन प्रक्रिया सुरु भए पनि त्योसँगै सर्वसम्मतको प्रयास पनि जारी थियो । अन्तिम अवस्थामा आएर पार्टीका अगुवा नेता, केन्द्रिय सदस्य र उमेद्वारहरू सबैको प्रयासमा दुई वटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन सफल  भएको उहाँले बताउनुभयो ।

उक्त प्रतिनिधि चयनका लागि सबै क्लस्टरमा गरी निर्वाचन क्षेत्र नं. १ बाट ४६ जना र निर्वाचन क्षेत्र नं. २ बाट ३९ जना र दलित क्लस्टरमा सात गरी ९२ जनाको उमेद्वारी परेको थियो । सर्वसम्मत चयन भएका प्रतिनिधिहरूमा निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ पाँच, महिलातर्फ तीन र युवातर्फ एक गरी नौ जना रहेका छन् ।  त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट खुलातर्फ चार, महिलातर्फ तीन, युवातर्फ एक र दलिततर्फ एक गरी नौ जना प्रतिनिधि चयन भएको पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्षेत्र नं. १ बाट खुलातर्फ प्रदिप कटुवाल, पूर्ण थापा, बद्री देवकोटा, सुमन चौधरी, तारानिधि पोखरेल, महिला तर्फ पार्वती सुनुवार, मन्जु देवकोटा, पदममाया तामाङ र युवातर्फ लालबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।  

क्षेत्र नं. २ बाट खुलातर्फ महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ, रोमनराज गिरी (अशोक), गोविन्दलाल माझी, महिलातर्फ रश्मिला देवकोटा, प्रमिला वाइबा, अप्सरा खड्का र युवातर्फ दीपककुमार माझी निर्वाचित भएका छन् । यस्तै दलित कलस्टरबाट सरोज विक चयन भएको एमालेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...