अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा कार्यक्रम

Published on

काठमाडौं । सिन्धुलीमा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बुधबार संयुक्त रुपमा मनाएको छ । जिल्लामा क्रियाशील सिन्धुली महिला अपाङ्ग सङ्घ, अपाङ्ग कल्याण सङ्घ, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ, सिन्धुली बहिरा सङ्घ र सिन्धुली अपाङ्ग सङ्घले संयुक्त रुपमा प्रभातफेरी तथा अपाङ्गता भएका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान एवं शुभकामना आदान प्रदान कार्यक्रम गरी दिवस मनाएका छन् । सो अबसरमा नेपालका लागि एक दिनको फिनल्याण्डको राजदुत भएकी रमिला घलान, २०८० सालको एसइई परीक्षामा बहिरा विद्यालयतर्फ नेपाल प्रथम भएका जमुना घलान, उद्यमी इच्छे सार्की, आफू अपाङ्गता भएर पनि अपाङ्गता नभएको व्यक्तिसँग विवाह गरेबापत टिनु तामाङ र अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरे बापत किरण श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।  

यसअघि अपाङ्गता क्षेत्रमा क्रियासिल विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, अपाङ्गता भएका व्यक्ति, व्यापारी र सामाजिक क्षेत्रका व्यक्तिहरु सम्मिलित प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । सिन्धुली महिला अपाङ्ग सङ्घकी अध्यक्ष दिलकुमारी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रभातफेरीमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...