मङ्सिर २० देखि ६० दिनका लागि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द

Published on

काठमाडौं । हेटौंडा–काठमाडौँलाई जोड्ने कान्ति लोकमार्ग आगामी मङ्सिर २० गतेदेखि दैनिक छ घण्टा बन्द रहने भएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मार्गका विभिन्न स्थानमा सडक फराकिलो गर्ने तथा वर्षायाममा गएको पहिरो हटाउने कामका कारण सवारी आवागमन केही समयका लागि रोक्न लागिएको जानकारी दिएको हो।

सूचना अनुसार मङ्सिर २० गतेदेखि करिब ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। कान्ति राजमार्ग सडक आयोजना, एकान्तकुनाले जारी गरेको सूचनामा सडक कटिङका काम र पहिरो व्यवस्थापनका लागि यस्तो व्यवस्था आवश्यक परेको बताइएको छ। यात्रु तथा सवारी चालकहरूलाई उक्त अवधिमा वैकल्पिक रुट प्रयोग गर्न समेत आग्रह गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...