काठमाडौं । हेटौंडा–काठमाडौँलाई जोड्ने कान्ति लोकमार्ग आगामी मङ्सिर २० गतेदेखि दैनिक छ घण्टा बन्द रहने भएको छ। ललितपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मार्गका विभिन्न स्थानमा सडक फराकिलो गर्ने तथा वर्षायाममा गएको पहिरो हटाउने कामका कारण सवारी आवागमन केही समयका लागि रोक्न लागिएको जानकारी दिएको हो।
सूचना अनुसार मङ्सिर २० गतेदेखि करिब ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। कान्ति राजमार्ग सडक आयोजना, एकान्तकुनाले जारी गरेको सूचनामा सडक कटिङका काम र पहिरो व्यवस्थापनका लागि यस्तो व्यवस्था आवश्यक परेको बताइएको छ। यात्रु तथा सवारी चालकहरूलाई उक्त अवधिमा वैकल्पिक रुट प्रयोग गर्न समेत आग्रह गरिएको छ। गोरखापत्र

