काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु २ लाख ५३ हजार ३०० तोकिएको छ भने चाँदीको मूल्य रु ३ हजार ६२५ कायम गरिएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ५४ हजार १०० रहेको थियो। त्यस्तै चाँदी शुक्रबारभन्दा रु ३० ले सस्तो हुँदै प्रतितोला रु ३ हजार ६५५ मा कारोबार भएको थियो।

