महाकाली नदीमा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला

Published on

काठमाडौं । महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव नौ दिनपछि फेला परेको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो । बिहीबार बिहान ७ः४५ बजेको समयमा दोधारा चाँदनी नगरपालिका –४ का स्थानीय दीपक नाथले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताउनुभयो । उहाँका अनुसार, मृतकका परिवारलाई शव बुझाइएको छ । गत ९ गते दिउँसो साथीहरूसँग महाकाली नदीमा पौडी खेल्न गएका रोशन बेला बेपत्ता भएका थिए । रोशनको खोजिएका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगायतले केही दिन महाकाली नदिनमा खोजी गरेको थियो, तर भेट्टाउन भने सकेन । मृतक दमाईको शव घटना स्थलभन्दा तीन किलोमिटर दक्षिण तर्फ मालिका सामुदायिक वन नजिक महाकाली किनारामा फेला परेको प्रनाउ बोहराले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...