रिभल्भरसहित भारतीय नागरिक पक्राउ

Published on

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बरामद रिभल्भर  ‘होम मेड’ रहेको सशसत्रले जनाएको छ । बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनीका सशस्त्र नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार नियमित चेकजाँचका क्रममा भारतको बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायत सिराहीपट्टीका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो ।

हलखोरीस्थित सशस्त्रको बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको कमान्डमा रहेको गस्तीले नेपाल(भारत सीमाक्षेत्रस्थित मरुवाहीबाट हलखोरीतर्फ आउँदै गरेका दासलाई अवैध हतियारसहित शनिवार  साँझ नियन्त्रणमा लिइएको थियो । कुर्मी सवार रहेको बीआर ०६ एवाई ६१७२ नंको मोटरसाइकल रोकेर तलासी गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको ढकालले जानकारी दिनुभयो ।  पक्राउ परेका भारतीय नागरिक कुर्मीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...