मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

Published on

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण समारोह मधेश भवन जनकपुरमा आज १०ः३० बजेबाट सुरु हुने नेपाली काँग्रेस मधेश प्रदेश सूचना सञ्चार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभयो । नेपाली काँग्रेस संसदीय दलका नेता यादवलाई मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले  नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल , जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) गरी छ वटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादव मुख्यमन्त्री नियुक्त हुनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...