सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

Published on

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उहाँले भन्नुभयो, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन,  गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा  मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उहाँले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो ।  उहाँ बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आउनुभएको छ । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उहाँ विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउनुहुन्छ ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा  लाग्नुभएको छ । आफ्ना उत्पादन बनारसम्म पु¥याउन उहाँले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गर्नुभएको छ । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उहाँले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...