सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

Published on

काठमाडौं । कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो । परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले कैलालीमा प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चुनावलगायत अन्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले भारततिर पनि सुरक्षा व्यवस्था कडाइ गरेको उल्लेख गर्नुभयो ।

प्रशासनले परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूहलाई जिल्लाभित्र प्रवेश गरेको देखेमा नजिकको सुरक्षा निकायमा जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ । यसैगरी, परिचय नखुलेका अपरिचित, शङ्कास्पद व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास र कुनै कामकाज गराउने काम नगर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...