टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी

Published on

काठमाडौं । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य छ । प्रदर्शनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, काेदोको पीठो, मकैको चामल, सुन्तला, किवी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिकाका पहिचानयुक्त उत्पादन प्रदर्शित गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

स्थानीय कृषकलाई बजारमा प्रत्यक्ष पहुँच दिने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदर्शनीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादनमार्फत गाउँपालिकालाई कृषिमा आधारित समृद्धितर्फ अघि बढाउन सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...