काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा सेवाको दायरा विस्तार, अब आठ अस्पतालबाट प्रथम सेवा

Published on

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने ‘प्रथम सेवा’ अब आठ स्वास्थ्य संस्थाबाट प्राप्त गर्न सकिने भएको छ। आइतबारदेखि मण्डनदेउपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल पनि सेवा प्रणालीमा थपिएपछि सेवा दिने संस्थाको संख्या आठ पुगेको हो। यो अस्पतालले गत साउनको अन्त्यतिर स्वास्थ्य बीमा बोर्डमा आबद्ध भएर प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो। सेवाको औपचारिक थालनी बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गर्नुभएको हो।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले नगरपालिकाले आवश्यक तयारी पूरा गरी आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नगरका झण्डै ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन्। यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपा नगर अस्पताल तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वास्थ्य बीमाको प्रथम सेवा उपलब्ध गराइरहेका थिए। धुलिखेल नगरपालिकाले भने भौतिक पूर्वाधार र जनशक्तिको कमीका कारण सेवा थालनीमा ढिलाइ हुँदै आएको स्वास्थ्य केन्द्रको सेवा साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरबाट सुरु गरेको छ। स्वास्थ्य बीमा सेवाका लागि आउने सर्वसाधारणलाई सहज बनाउने उद्देश्यले त्यहाँ चिकित्सक, नर्स, औषधि र ‘रिफरल’ सेवा व्यवस्थित गरिएको नगरपालिकाले जनाएको छ।

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्थालाई नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु बनाउने व्यवस्था लागू गरेको छ। विसं २०७६ मंसिर १ गतेदेखि प्रथम सेवा विन्दुका रूपमा सूचीकृत चार संस्थामध्ये यसअघि मेथिनकोट अस्पताल, सुन्थान र खोपासीले मात्र सेवा उपलब्ध गराउँदै आएका थिए।

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...