स्वर्णविन्दु प्राशनमा अभिभावकको भरोसा बढ्दै, दोस्रो चरणमै ७४ बालबालिका थपिए

Published on

काठमाडौं । तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ । पहिलो चरणमा २१२ बालबालिकाले मात्र प्राशन पाएका थिए भने सोमबार सम्पन्न दोस्रो चरणमा ७४ नयाँ बालबालिका थपिँदै सहभागी सङ्ख्या २८६ पुगेको प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले जनाएको छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, तौल–उचाइ वृद्धि र बौद्धिक विकासमा फाइदा हुने जनविश्वास बढ्नु नै सहभागिता उच्च हुनुको कारण भएको चिकित्सालयले बताएको छ । पहिलो चरणको प्रभावकारी परिणाम र अभिभावकबिच फैलिएको सकारात्मक धारणा दोस्रो चरणमा सहभागिता व्यापक हुन मद्दत गरेको प्रमुख डा. नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–३ का अभिभावक राजु भण्डारीले कार्यक्रमप्रति भरोसा बढ्दै गएको बताउनुभयो । “पहिलो चरणमा प्राशन खुवाएपछि बच्चामा बिरामी हुने अवस्था हटेको छ भण्डारीले भन्नुभयो, “फाइदा देखेपछि यसपटक पनि ल्याएँ । ” स्वर्णभस्म, घिउ र मह मिसाएर चिकित्सकको प्रत्यक्ष निगरानीमा तयार गरिने यो प्राशन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । सरकारको कार्यविधिअनुसार १–२ वर्षका बालबालिकालाई दुई थोपा र २–५ वर्षका बालबालिकालाई चार थोपा दिने व्यवस्था छ । यो वर्ष २५ जिल्लामा सुरु गरिएको कार्यक्रम तनहुँमा प्रत्येक पुष्य नक्षत्रका दिन नियमित रूपमा सञ्चालन हुँदै आएको छ । अब तेस्रो चरण पुस २१ गते खुवाइने वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिनुभयो । दोस्रो चरणमा अभिभावकको चाप बढेपछि आगामी चरणका लागि व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन र सेवा प्रवाह सहज बनाउन थप तयारी थालिएको चापागाइँ बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...