युरोपियन युनियनका नेताद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको आह्वान

Published on

काठमाडौं । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ । बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा चार नेताले युरोपेली सुरक्षाका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ताको महत्त्वबारे छलफल गरी अहिलेसम्मको प्रगतिमा आफ्नो समर्थन व्यक्त गरेको जनाइएको छ । यसैबिच उनीहरूले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारलाई आगामी दिनमा यस विषयमा निरन्तर छलफल गर्ने जिम्मा दिएको जनाइएको छ ।

उनीहरूले युक्रेनमा कडा सुरक्षा ग्यारेन्टीसहित न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतामा पनि जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कूटनीतिक प्रयास जारी रहँदा, “युरोप युक्रेनको साथमा खडा हुनुपर्ने जनाउँदै उनीहरूले यसले युक्रेनको रूसी आक्रमणविरुद्ध रक्षा गर्ने क्षमतालाई बलियो हुने विषयमा उनीहरू सहमत भएका छन् । यसै सन्दर्भमा उनीहरूले युक्रेनको पुनः र्निर्माणलाई समर्थन गर्न नियन्त्रमा लिएको रूसी सार्वभौम सम्पति प्रयोग गर्नेबारे पनि छलफल गरेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...