शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान : परेन निवेदन

Published on

काठमाडौं । जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको सरस्वती माविले गत भदौबाट लगातार शिक्षक भर्नाका लागि विज्ञापन गर्दा कसैबाट पनि निवेदन पेश नगरिएको हो । गत भदौमा १५ दिनको अवधि राखेर सुरु गरिएको शिक्षक भर्नाका लागि गरिएको विज्ञापनमा कसैको पनि निवेदन नपरेका कारण त्यसपछि पनि एक हप्ताको समयावधि राखेर चार पटक विज्ञापन गरएको थियो । यस समयमा पनि कसैको निवेदन नपरेको विद्यालयका प्रधानाध्यापक जयत्रहादुर धामीले बताउनुभयो ।

सङ्घीय अनुदानमा विज्ञान र गणित शिक्षक भर्नाका लागि सर्केगार्ड गाउँपालिकाले बजेटको व्यवस्था गरेको थियो । अघिल्लो चार पटक गरिएको विज्ञापनमा निवेदन मात्र नआएर फोन पनि नआएको बताउँदै उहाँले यो पछिल्लो पाँचौँ पटकको विज्ञापनमा भने दुई जनाले फोन गरेको भए पनि सम्पर्कमा नआएको बताउनुभयो । सो अनुदानमा माविको शिक्षकका लागि तलब स्केल मात्र व्यवस्था गरिएको थियो । चार पटठक विज्ञापन गर्दा कसैको निवेदन नपरेपछि अभिभावक भेलामा वडा अध्यक्षलाई समेत उपस्थिति गराएर स्थानीय भत्ता वडाले व्यहोर्ने प्रतिबद्धता जनाएको विज्ञापन गर्दा पनि कसैको निवेदन नपरेको उहाँले बताउनुभयो । दुर्गम र तलब स्केल मात्र व्यवस्था भएका कारण शिक्षक भर्नामा समस्या आएको छ । जिल्लामा विज्ञान विषयका शिक्षक लाइसेन्स भएका जनशक्ति नभएको र बाहिरकाले न्यून पारिश्रमिक भएका कारण आउन नमानेको उहाँले बताउनुभयो । शिक्षक भर्ना गर्न नसकिएपछि कक्षा आठदेखि दससम्म पठनपाठनमामा  समस्या आउने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बञ्जर र बगर क्षेत्रलाई हरियाली बनाउँदै बाँकेका सामुदायिक वन

काठमाडौं । बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न...

कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण सुस्त : विश्व बैङ्क

काठमाडौं । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक...

एनपिएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर...

एनपिएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच...