विवाहमा हिँडेका पुरुष चोरमारामा मृत फेला

Published on

काठमाडौं । विवाहका लागि घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती –५ घर भइ हाल कावासोती –३ थारु टोलमा बस्दै आउनुभएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला पर्नुभएको हो । अत्यधिक जाडोका कारण कठ्यांग्रिएर उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उहाँको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...