उत्तरी गोरखाको न्याउली खोलामा पुल निर्माण

Published on

काठमाडौं । उत्तरी गोरखाको आरुघाट-माछीखोला-लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका-७ न्याउली खोलामा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत उत्तरी गोरखा जोड्ने मुख्य ठाउँ न्याउली खोलामा मोटरेबल पुल निर्माण भएको हो । पुल निर्माणसँगै उत्तरी गोरखा पुग्ने स्थानीय तथा आन्तरिक तथा बाह्रय पर्यटकलाई १२ महिना सवारीसाधन आवतजावतमा सहज हुने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । “उत्तरी गोरखा पुग्ने जोह कोहिलाई पनि बर्खाको बेलामा खोला तर्न जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता थियो”, अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “गाउँपालिका र पुर्बाधार कार्यालय गोरखाले निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरेपछि निर्माणको काम अघि बढाइएको छ ।”

पुल निर्माण सम्पन्न भएपछि १२ महिना सबारीसाधन आवतजावतमा दुरी छोटिएर सहज हुनुका साथै उत्तरी गोरखाबासीलाई चर्को भाडा तिरेर खाद्यान्न लगाएतका सामानहरु ढुवानी गर्नु पर्ने अवस्था अन्त्य हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । न्याउली खोला पुल निर्माणको लागि २०७९ साल साउन २३ गते सुर्योदय कन्ट्रक्सन कम्पनी प्रालिसँग ४ करोड ३४ लाख ७५ हजार ३५९ रुपैयाँ लागतामा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न भने २०८१ साउन २२ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि निर्माण कम्पनीले बिबिध कारण देखाउदै पुल निर्माणमा ढिलाई गरेको पूर्वाधार कार्याल गोरखाका कार्यालय प्रमुख गणेश सुबेदीले बताउनुभयो ।  निर्माण कम्पनीले भौगोलिक अबस्था र बिबिध कारण देखाउदै कार्यालय सँग एक पटक म्याद थपको लागि आग्रह गरेपछि कार्यालयले २०८३ साउन २२ गते म्याद थप भएपछि निर्माण कार्यलाई तिब्रता दिदै झण्डै ६० प्रतिशत भौतिक प्रगति भएको पुर्बाधार कार्यालय गोरखाले जनाएको छ । न्याउली खोलामा मोटरेबल पुल निर्माण समपन्न भएपछि उत्तरी गोरखाबासी र आन्तरिक तथा बाह्रय पर्यटकलाई सहज यात्रा र पुल निर्माणले ब्यापार ब्याबशायमा बृद्धि हुनुका साथै आर्यआर्जनमा टेबा पुग्ने विश्सवा छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...