शाश्वत आचार्य स्मृति पुरस्कारबाट गायक निर्मोहीसहित दुई साहित्यकार सम्मानित

Published on

काठमाडौं । यस वर्षको शाश्वत आचार्य स्मृति पुरस्कार मृगौला रोगबाट पिडित चर्चित लोकगायक कमल विक निर्मोही र दुई जना वरिष्ठ साहित्यकारसहित तीन जनालाई प्रदान गरिएको छ । स्व. शाश्वत आचार्यको २१ औं स्मृति दिवस पारेर आयोजित औपचारिक कार्यक्रम बिच सो पुरस्कार मृगौला रोगबाट थला पर्नु भएका चर्चित लोकगायक निर्मोही, नेपालगन्जका वरिष्ठ उर्दु गजलकार अब्दुल लतिफ शौक र दाङ्गका समीक्षक कमलमणि देवकोटालाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्य र स्वर्गीय शाश्वत आचार्यकी ममतामयी माता वरिष्ठ साहित्यकार किरण आचार्यले पुरस्कृत व्यक्तित्वलाई नगद राशी १० हजार सहित कदर पत्र प्रदान गर्नु भयो । 

प्रा.डा. आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्वस्थ अवस्थामा रहनु भएका निर्मोहीको तर्फबाट छोरा शैलेन्द्रले पुरस्कार तथा कदर पत्र ग्रहण गर्नु भयो । पुरस्कृत व्यक्तित्वका बारे गजलकार खगेन्द्र गिरी कोपिलाले चर्चा गर्नु भएको थियो भने उहाँरूको अभिनन्दन पत्र प्राध्यापक डाक्टर गोपालप्रसाद अधिकारीले वाचन गर्नु भयो । सोही कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई यस वर्षको शाश्वत स्मृति सम्मान प्रदान गरिएको छ । गायक तथा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्य, बालरोग विशेषज्ञ डाक्टर विजय प्रधान, सामाजिक अभियन्ता समेत रहनुभएका प्लास्टिक सर्जन डा. विनोद कर्ण, हरित अभियन्ता हेमन्तराज काफ्ले, पत्रकार झलक गैरे र खेलकुद क्षेत्रमा उत्प्रेरक भूमिका खेलिरहेका धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई शाश्वत स्मृति सम्मान २०८२ प्रदान गरियो । 

‘निस्वार्थ भावले समाजलाई योगदान दिइरहनु भएका व्यक्तित्वहरूको हौसलाका लागि यो पुरस्कार र सम्मान प्रदान गरिएको हो’, प्रतिष्ठानका अध्यक्ष प्राडा. आचार्यले भन्नु भयो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, सम्मानित व्यक्तित्व डा. कर्ण, डा. आचार्यले विद्यमान साहित्यिक अवस्था र संस्थाले खेल्नु पर्ने भूमिकाबारे आफ्ना धारणा राख्नु भएको थियो । विभिन्न साहित्यिक व्यक्तित्वहरूले गीत, गजल, कथा, कविता प्रस्तुत गरेर शाश्वत आचार्यको २१ औं जन्मजयन्तीलाई साहित्यिक सङ्गमका रूपमा सफल बनाएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्यले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...