एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

Published on

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पार्नुभएको हो। पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र सङ्गठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उहाँहरूको भनाइ छ।

केन्द्रीय कमिटी बैठकमा नेताहरूले उहाँहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गरेका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ। ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचना अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...

एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि...