पहिरो नियन्त्रण गर्ने सहमतिपछि खुल्यो तातोपानी नाका सडक

Published on

काठमाडौं । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र नियन्त्रण गरेर बस्ती संरक्षणका काम गर्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ । मङ्सिर २० गतेदेखि भोटेकोशी गाउँपालिका–२ का १०किलो, कोप्लाङ, घट्टेखोला, कोदारीस्थित इको पहिरो क्षेत्रबासी, लिपिङका स्थानीयले इको पहिरो दीर्घकालीन रुपमा नियन्त्रण र बस्ती संरक्षणका काम गर्न सरकारलाई दबाब दिँदै तातोपानी नाका सडक बन्द गरेक थिए । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठ नेतृत्वमा इको पहिरोपीडित स्थानीयले सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारी र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासँग बिहीबार र शुक्रबार गरेको वार्तामा सरकारले दुई महिनाभित्र दीर्घकालीन रुपमा इको पहिरो नियन्त्रण र पहिरो माथि र आसपासका बस्ती संरक्षणमा काम थाल्ने सहमति जुटेपछि पहिरोपीडित स्थानीयले नाका सडक खुल्ला गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षेनी कोदारी सडकको इको पहिरो बर्खायाममा झरिरहने र सो पहिरो डोजर, स्काभेटर लगाएर पन्छाउदै गर्दा पहिरोमाथि र आसपासका बस्ती उच्च जोखिममा पर्दे आएपछि हिउँदमै उक्त पहिरो दीर्घकालीन रुपमा नियन्त्रणका लागि पहिरोपीडितले सरकारलाई आग्रह गर्दे आएका थिए । तर पहिरोेपीडित स्थानीयको आग्रह कुनै पनि निकायले सुनुवाइ नगरेपछि उनीहरुले बाध्य भएर कोदारी सडकखण्ड बन्ध गराएका थिए । इको पहिरो दीर्घकालीन नियन्त्रणका लागि वडा अध्यक्ष श्रेष्ठ रोहवरमा असोज २ गते सडक विभागका महानिर्देशक बिजय जैसी, प्रजिअ बाँस्तोला, इको पहिरोपीडितबिच कात्तिक मसान्तसम्म ठेक्का आह्वान गरेर काम थाल्ने सहमति भएको थियो । तर त्यस अनुरुप ठेक्का आह्वान नभएपछि पीडितले सडक बन्द गराएका थिए । तर अहिले उक्त पहिरो दिर्घकालीन रुपमा नियन्त्रणका लागि सरकारले ४८ करोड ४९ लाख रुपियाँको बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेपछि पीडितहरु सडक खुलाउन सहमत भएका हुन् । उनीहरुले समयभित्र नै ठेक्का सम्झौता गरेर पहिरो नियन्त्रण र बस्ती संरक्षणका काम हुने आशामा सडक खुल्ला गरेका हुन् ।

इको पहिरोमाथि चौकीडाँडा, लालवीरचोक, मिलनबजार, कोदारीगुम्बा, कुदुङ, ताक्पासा, तार्तृङ, क्युसा, छेर्माङ, डमार, तामाङगुम्बा लगायतका चार सय घरधुरी र विभिन्न धार्मिक, पर्यटकीय संरचना छन् । सरकारी पक्ष र पीडितबिच सहमति जुटेपछि तिब्बतको खासा, रमिते लगायतका स्थानमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी भन्सार जाँचपासका लागि आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...

गण्डकी र लुम्बिनी जोड्ने कालीगण्डकीको पुल सञ्चालनमा आएपछि स्थानीयमा खुसियाली

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी तनहुँको घिरिङमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको...