एमाले महाधिवेशनको दोस्रो दिन : उम्मेद्वारी फारम लैजाने क्रम जारी

Published on

काठमाडौं । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वाचन आयोगका एक सदस्यले दिएको जानकारी अनुसार हालसम्म करिब एक हजार जनाले उम्मेद्वारी फारम लगेका छन् । महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुग्नुभएको छैन । विभिन्न प्रदेशका प्रतिनिधिहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन । प्रदेशका प्रतिनिधिहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । तर अधिकांश प्रतिनिधि उम्मेद्वार बन्न इच्छुक रहेकाले समस्या भएको बताएका छन् । मधेश, कर्णाली, सुदूरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा व्यस्त छन् । उम्मेद्वारी दर्ताका लागि निर्वाचन आयोगले १०ः३० देखि १ः३० बजेसम्म समय दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...