हिंसा पीडितको आश्रय बन्दै बागलुङ नगरपालिका

Published on

काठमाडौं । हिंसा पीडितहरुको उद्दार, मनोपरामर्श र पुनस्थापनामा बागलुङ नगरपालिकाले उदाहरणीय कार्य प्रस्तुत गरेको छ । बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रले प्रभावकारी रुपमा हिंसापीडित महिला, बालबालिका तथा पुरुषको सेवामा प्रभावकारी काम गर्दै अविभवकीय भूमिका खेलेको छ । नगरपालिकाले नगरको मात्रै नभएर जिल्लाकै हिंसापीडितलाई सेवा दिन सफल भएको छ । गत वर्ष ७२ जना हिंसापीडितको उद्दार, राहत र पुनस्थापना गरेको छ भने चालु आर्थिक वर्षमा २१ जनालाई सेवा प्रदान गरिसकेको छ । चालु वर्षको चार महिनामै २१ जनालाई सेवा प्रदान गरेको छ । आर्थिक वर्षको २०८२-८३ को पहिलो चौमासिक समयमा २१ जना हिंसा प्रभावितहरुलाई सेवा प्रदान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पहिलो चौमासिकमा बागलुङ नगरपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना, गलकोट नगरपालिकाबाट १ जना, तमानखोला गाँंपालिकाबाट १ जना, काठेखोला गाउँपालिकाबाट ३ जना तथा जिल्ला बाहिरका २ जनाालाई सेवा दिइएको थियो । जसमध्ये २० जनालाई आश्रय सेवा, २ जनालाई लुगा कपडा, २ जनालाई मुद्धा दर्ता र तारेखमा सहजिकरण गरिएको थियो । हिंसाको प्रकृति हेर्दा १ जना बेवारिसे फेला परेका थिए भने मानसिक ५ जना, आर्थिक हिंसामा १ जना, यौनजन्यमा ६ जना तथा घरेलु हिंसामा ८ जना रहनु भएको थियो । २१ मध्ये १३ जना सोझै सेवा केन्द्रमा आउनु भएको थियो भने अन्यलाई अन्य निकायबाट र उद्दार गरी ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ६ जना तथा वडा कार्यालयबाट २ जनालाई सेवा केन्द्रमा लयाइएको  बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो । 

यसैगरी आर्थिक वर्ष २०८१-८२ मा सेवा केन्द्रमा जम्मा ७२ निवेदनहरु दर्ता भएका थिए । जसमा ९ वटा शारीरिक, १३ वटा मानसिक, ८ वटा आर्थिक, १० वटा यौनजन्य तथा ३३ अन्य रहेका थिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला ३ वटा गम्भिर प्रकृतिका घटना घटेका छन् । यी घटनालाई सेवा केन्द्रले सहजिकरण गरिरहेको खड्काले बताउनुभयो । “हाम्रो परम्परागत मूल्य, मान्यता, सोच र शैलीमा साच्चैको परिवर्तन गर्नै पर्छ, घर परिवार र समुदायमा आपसमा निगरानी र बिद्यालयहरुमा पनि असल शिक्षा जरुरी छ” खड्काले भन्नुभयो “संघीय, प्रदेश, स्थानीय सरकार तथा गैर सरकारी निकायमा महिला मैत्री नीति तथा कार्यक्रम र योजनासँगैको व्यवहारमा उचित ध्यान दिन जरुरी छ ।” समुदायमा विशेषगरी महिलाहरुका लागि आर्थिक विकास, रोजगारी, शिपमुलक कार्यक्रममा जोड्न जरुरी रहेको खड्काको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...