गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे हुँदै

Published on

काठमाडौं । नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतकाे सहरी विकास तथा भवन कार्यालय दाङ मार्फत करिब ६ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का लागेर काम अघि बढ्न लागेको हो । दुई वटा प्याकेजमा सडकको ठेक्का लागेको कार्यालय प्रमुख इन्जिनियर इश्वरी प्रसाद देवकोटाले जानकारी दिनुभयो । दम्ती–धाईरे सहरी विकासतर्फ भ्याटसहित चार करोड १५ लाख चार हजार ५०९ रुपियाँ र धाईरे–अधेरी सडकको सहरी पूर्वाधार विकास तर्फ भ्याटसहित चार करोड २९ लाख ८१ हजार ९१९ रुपियाँमा ठेक्का लागेको उहाँले जानकारी दिनुभयो । दुवै ठेक्काको म्याद आगामी असार १ गतेसम्मको रहेको छ ।

सोमबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती–धाईरे–अधेरी सडक खण्डको शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने काम अघि बढ्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभएको छ । “दम्ती अधेरी कच्ची सडक पिच गर्न प्रतिबद्धता जनाएको थिए,” उहाँले भन्नुभयो,“अहिले यो बाटोमा आवश्यक बजेट विनियोजन भएको छ ।” दुई खण्डमा निर्माण थालिने उक्त सडकको ठेक्का लागिसकेको छ । मन्त्री थापाले बाहाने–स्याउलिवाङ खण्डमा समपुरक योजना अन्र्तगत ४२ करोड रुपियाँको काम भइरहेको बताउनुभयो । सडक स्तरोन्नतीको काम सयममै सक्ने निर्माण कम्पनी हरियाली–एसियाली–एडभान्स जेभीका प्रतिनिधि शोभाराम न्यौपानेले बताउनुभयो । राज्यले ग्रामीण सडक स्तरोन्नतीका लागि छुट्याएको बजेटलाई समयमै काम गरेर कार्यान्वय गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...