खगेन्द्रप्रसाद र रुद्रकलीलाई पठाइयो कतार

Published on

काठमाडौं । चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई वटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबारसाँझ भैरहवा विमानस्थलबाट कतार पठाइएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती अब कतारको अलखोर पार्कमा रहेको वातानुकूलित चिडियाघरमा रहने छन् । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो । बुधबार साँझ साढे पाँच बजे कतार एयरवेजको कार्गो विमान हात्ती लिएर भैरहवाबाट उडेको हो । 

हात्ती हस्तान्तरणका अवसरमा विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखद जीवनको कामना गरेका थिए । वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले आफूले हुर्काएका हात्ती उपहार दिँदा भावुक भएको बताउनुभयो । “आफ्नै छोरी अन्माए जस्तै अनुभूति भयो,” उहाँले भन्नुभयो, “दुवैको नयाँ बास सुखद बनोस् र सन्तान वृद्धि होस् भन्ने शुभकामना छ ।”

बिदाइ कार्यक्रममा सहभागीले कतारमा हात्तीको स्वास्थ्य अवस्था सुधार हुँदै सङ्ख्या वृद्धि भएको देख्ने चाहना व्यक्त गरेका छन् । सचिव मिश्रले हात्ती उपहार नेपाल र कतारबिचको सुदृढ सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै नेपालले पहिलो पटक हात्ती उपहार दिएको बताउनुभयो । उहाँले हात्ती हुर्काउन योगदान पु¥याउने माहुते, कर्मचारी तथा चितवनका स्थानीयप्रति आभार व्यक्त गर्नुभयो । गोरखापत्र    

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...