मुसिकोटको गङ्गा प्राविमा पुस्तकालय स्थापना

Published on

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाईट्स फाउण्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो । फाउण्डेसनले मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल ‘जीवन’ मार्फत विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरेको हो । साना बालबालिकाको शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्न फाउन्डेसनले गरेको पुण्य कर्मप्रती आभार प्रकट गर्नुभयो । कार्यक्रममा ‘एडुकेसन फर लाइफ’ नेपाल कार्यक्रम निर्देशक कृष्णप्रसाद पोखरेलले विद्यालयको लागि ५०१ प्रती पुस्तक र शैक्षिक सामग्री एंव नगद सहित पुस्तकालयको स्थापना गरिएको जानकारी दिनुभयो । 

पुस्तकालयको उपयोगिता र संरक्षणमा ध्यान विद्यालयलाई आग्रह गर्नुभयो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा स्विट्जरल्याण्डका नागरिक निकोल बर्जरले आफू विद्यालयमा आउन पाउँदा निकै खुशी लागेको बताउँदै पुस्तकालयबाट विद्यार्थीको भविष्यमा ठूलो सहयोग मिल्ने बताउनुभयो । फाउण्डेशनले विगत केही बर्षदेखी देशका ग्रामिण क्षेत्रका विद्यालयहरुमा शैक्षिक सुधार, छात्र सहायता तथा विद्यालय पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायत अन्य सामाजिक कार्यहरुमा निरन्तर सहयोग गरिरहेको कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल निर्देशक प्रेम बहादुर कुंँवरले जानकारी दिनुभयो । 

गङ्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक  कौरव बहादुर खत्रीले फाउण्डेशनको सहयोगले शिक्षक तथा विद्यार्थीमा नयाँ उर्जा प्राप्त भएको बताउनु भयो । सोही अवसरमा निकोल राल्फकाको सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कापी र पेन वितरण गरिएको थियो । त्यस्तै पुस्तकालय हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नर्सहरुले विद्यार्थीहरुको लागि स्वास्थ्य सरसफाई सम्वन्धी तालिमको सहजीकरण गर्नुभएकको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा...

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन शहीद परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा निधन...

साउन यता १७ गैंडा मरे

काठमाडौं । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय...

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...