ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई

Published on

काठमाडौं । ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ । ज्वालामुखी–५, खरीस्थित उक्त विद्यालयले १२ स्वर्ण, पाँच रजत तथा तीन कास्य पदक जित्दै समग्र विजेता बनेको हो । प्रतियोगितामा सुनखानी माध्यमिक विद्यालयले १० स्वर्ण, सात रजत र ११ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने अन्नपूर्ण माध्यमिक विद्यालयले छ स्वर्ण, सात रजत र आठ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।  सो अवसरमा मन्त्री अधिकारीले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।  यस्ता प्रतियोगिताले ग्रामीण तहमा रहेका प्रतिभा पहिचान र उजागर गर्न सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनु भयो । उहाँले आफ्नो जन्मभूमिप्रति उत्तरदायी हुँदै आधुनिक नेपाल निर्माणका लागि युवा पुस्तासँग सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गर्नु भयो । समारोहमा गाउँपालिका अध्यक्ष दनैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा...

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन शहीद परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा निधन...

साउन यता १७ गैंडा मरे

काठमाडौं । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय...

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...