पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

Published on

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो । मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको विषयलाई लिएर चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।

काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृहलाई पत्राचार गरेपछि मन्त्रालयले सो कदम चालेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न गृह मन्त्रालयले मोरङको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...