काठमाडौं । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् । एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो । जितसँगै मच्छिन्द्र २३ खेलबाट ५२ अङ्कसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको नेपाल पुलिस क्लबको ४९ अङ्क छ । गोरखापत्र

