अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजेश हमाल अभिनित ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नै नगरी सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूजका अध्यक्ष रामबहादुर लम्सालले मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको अनुन्धानबाट खुलेको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी बिना प्रतिस्पर्धा १५ लाख ५ हजार रुपियाँको सम्झौता गरी कानुनले तोकेको सीमाभन्दा बढी ५८ प्रतिशत पेस्की रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ ।

आरजे ट्वान्टी फोर न्यूजसँग सम्झौता गरी भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई दिएको र चलचित्र निर्माणका नाममा नक्कली बिल पेस गरेर खर्च देखाएको खुलेको छ । आयोगले प्रतिवादीहरूबाट जनही १२ लाख ७७ हजार २५० रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।अध्यक्ष साउदलाई निर्वाचित पदाधिकारीका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...