१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

Published on

काठमाडौं । १७ वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनु भएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नु भएको हो । उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो । उहाँको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए । 

देशका विभिन्न भागबाट आएका समर्थकले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेता, स्थायी समितिका सदस्यसहित विमानस्थलमा उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो । भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रु बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ । बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको सुरक्षाका लागि व्यापक तयारी गरेको बताएको छ । अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार उहाँको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

ढाका आगमनपछि रहमान ३०० फिट रोड (३६ जुलाई एक्सप्रेसवे) मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि उहाँ एभरकेयर अस्पताल जानुहुने र पछि गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्नुहुने कार्यक्रम रहेको छ । बिएनपीका अनुसार रहमानले डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाउनुभएको छ । यसका लागि निर्वाचन कार्यालय शनिबार पनि खुला रहने जानकारी दिइएको छ । यसैबिच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बिएनपी नेत्री खालिदा जिया र तारिक रहमानका तर्फबाट बोगुराका विभिन्न निर्वाचन क्षेत्रका लागि नामाङ्कन फारम सङ्कलन भइसकेको बिडीन्युज २४ले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...