अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

Published on

काठमाडौं । सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सो जानकारी दिनुभएको हो । यो व्यवस्था लागू भएसँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने बाध्यता हटेको छ । गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले हालसम्म विवरण दर्ता आवेदन फारम भर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि तोकिएका एकाइमा पटक–पटक धाउनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । यसबाट नागरिकको समय र आर्थिक लागतसमेत बचत हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “आजको सूचना प्रविधिको युगमा नागरिकले सरकारी निकायका तथ्याङ्क भण्डारमा भएका समान प्रकृतिका विवरणका लागि फरक–फरक फारम भर्नु नपरोस् भन्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो । नागरिकलाई झन्झटरहित र नागरिकमैत्री सेवा उपलब्ध गराउन गृह मन्त्रालय केन्द्रित छ ।” गृहमन्त्री अर्यालका अनुसार हाल केही स्थानबाट यो केन्द्रिकृत सेवा प्रवाह सुरु भइसकेको र क्रमशः देशभर विस्तार गरिनेछ । नागरिकता जारी गर्दाकै बखतको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीमा स्वतः आबद्ध हुने भएकाले अब सेवाग्राहीले छुट्टै आवेदन फारम भरिरहनु पर्ने छैन ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...