एमाले निर्वाचन विरोधी होइन : अध्यक्ष ओली

Published on

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्वाचन विरोधी नभएको तर अहिले तत्काल निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेताहरुमाथि प्रतिबन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचार र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनुभयो । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले यो अग्रमगमनको बाटो गएको छैन प्रतिगमतिर गएको छ भन्यौँ । असंवैधानिक ढंगले सरकार बनेको छ । तर पनि चुनाव विरोधी हामी होइनौँ । प्रतिगम विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन । प्रतिगमन हुनुहुँदैन भन्ने हाम्रो कुरा हो । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ । त्यसकारण हामीले विघटित संसद पुनःस्थापनको माग गरेका छौँ । छलफलमा यस विषयमा अदालतले जे फैसला गर्छ त्यसको कार्यान्वयन गर्ने कुरा भयो । राष्ट्रपति र प्रधानमन्त्री चुनाव गरौँ भन्दा हामीले नगरौँ भनेका छैनौँ । तर खै वातावरण बनेको ? वातवरण बन्ने लक्षण छैन, बनेको छैन।”

यसैगरी, अहिले विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरुमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गर्ने कुराहरु लगातार भइरहेको र त्रास खडा गर्ने वातावरण बनेको उल्लेख गर्नुभयाे । “नवयुवाहरुको नाम बेचेर जेन–जीका नाममा केही छट्टु टाठाबाठाहरुले खाने गरेका छन् । त्यसकारण अहिले वातावरण बनेको छैन, बन्नेवाला पनि छैन र अहिले निर्वाचनको सम्भावना नै देखिदेन, ” उहाँले भन्नुभयाे । जेनजीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...