ग्यासको कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन तीब्र

Published on

काठमाडौं । देशभर ग्यासको अभाव गरिएका समाचारहरू बाहिर आउन थालेपछी जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ । हिजो गैँडाकोट र देवचुली नगरपालिकामा अनुगमन गरेको प्रशासनको टोलीले आज बुधबार कावासोती र मध्यबिन्दु नगरपालिकामा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योति अर्यालले जानकारी दिनुभयो । उहाँले चारवटै नगरपालिका भित्र रहेका ग्यास उद्योग र सप्लायर्समा अनुगमन गरिएको बताउनुभयो।अनुगमनमा कालोबजारी नदेखिएको र मध्यबिन्दु नगरपालिका बाहेकमा ग्यासको अभाव नभएको अर्यालले बताउनुभयो।मध्यबिन्दु मा भने ठूला सप्लायर्स नहुँदा केही समस्या भएको देखिएको अर्यालले बताउनुभयो । ग्यासको अभाव हुने ठानी ग्राहकहरू आत्तिएर धेरै तिरबाट ग्यासका सिलिन्डर खरिद गर्न खोज्नेहरूका कारण केही समस्या भएपनि व्यवस्थापन गर्ने गरेको सप्लायरले बताएका छन् । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ग्यासको कृतिम अभाव नगराउन अपिल गरेको छ ।कृत्रिम अभाव गराएको पाइए कारवाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको छ । होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना सहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गराइएको भन्दै त्यसलाई रोक्न माग गरेको थियो । अमेरिका, इरान युद्धपछि नेपालमा ग्यासको अभाव हुन नदिन सरकारले आधा सिलिन्डर ग्यास आधा मूल्यमा बजार पठाउने निर्णय गरेको छ । सोहीअनुसार बजारमा आधा सिलिन्डर वितरण गर्ने गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...