बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

Published on

काठमाडौं । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिनु भयो । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहनु भएको शाहीले जानकारी दिनु भयो । “मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्”, उहाँले भन्नु भयो । प्रमुख शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जले जनाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...