गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

Published on

काठमाडौं । गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब ३० वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।

आँधीबेहरीपछि उद्धार टोली पानीले भरिएका अस्थायी पालमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारीरूपमा अघि बढ्न नसकेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविर हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पाल नष्ट भएको र क्षतिग्रस्त घर आंशिकरूपमा भत्किएको चेतावनी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...