अपराध नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजुबत बनाइने

Published on

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुंवरले सशस्त्र प्रहरीले संगठनको नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई भयरहित र शान्ति पूर्व सम्पन्न गर्न सशस्त्र प्रहरीले पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । सशस्त्र प्रहरीले सबै निकाय संग समन्वय गरेर अझ परिमारजित रुपमा काम गर्ने उहाँको भनाइ थियो ।

सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुको १९ औं स्थापना दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । समयमा आर्जन गरेको पेशागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाई छ । कर्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले सिमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायत  जनताको दिनानुदिन आई पर्ने समस्याहरुलाई समाधान गर्न सशस्त्र प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताउनुभयो । सशस्त्र प्रहरीले सिमाबासीलाई लक्षित गरी स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सिप मुलक तालिमहरु सञ्चालन गरी सिमामा बस्ने बासीहरुको मन र मस्तिष्क जित्ने कार्यहरु गर्दै आइरहेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताउनुभयो । स्थापना दिवसको अवसरमा रक्तदान,  खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरु गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...