किरण नालामा पुल निर्माणले स्थानीयलाई सहज

Published on

काठमाडौं । लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि खजुरा गाउँपालिका –४ ई गाउँ, चल्तुवा, पार्वतीपुर, जानकी गाउँपालिका वडा ४ छत्ररपुर, लाइनपुर, गिजरा लगायतका दर्जनौं गाउँका हजारौं बासिन्दालाई सहजता भएको खजुरा ४ ई गाउँका बीरबहादुर बिसीले जानकारी दिनुभयो । 

स्थानीय बासिन्दा बिसीले भन्नुभयो, “किरण नालामा पक्की पुल निर्माण सम्पन्न भएपछि कोहलपुर र नेपालगञ्ज पुग्न समेत सहज भएको छ, बर्षायाममा पारीगाउँ जानका लागि ५–७ किलोमिटर टाढा जानुपर्ने बाध्यता हटेको छ ।” यो पुल निर्माण कम्पनीको ढिलाइ र पुल निर्माणमा प्राविधिक समस्या आएपछि सम्झौताभन्दा ढिलोगरी निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाल्वा सिद्वार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । सम्झौताको समयअवधीसम्म जगको बिवादका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । पुलको जगको गुणस्तरमा आशंका गरिएकोमा गतबर्ष विज्ञ टोलीबाट परीक्षण गरी निर्माण कार्य अघि बढाइएको हो । लुम्विनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले पुल निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । 

केही स्थानमा निर्माण ब्यवसायीले ढिलाइ गरिरहेको भन्दै उहाँले सम्वद्ध कार्यालय मार्फत निर्माण ब्यवसायीलाई ताकेता गरिरहेको बताउनुभयो । किरण नालामा पुल निर्माण भए पनि दायाबायाँ पहुँच सडक निर्माण गरिनुपर्ने भन्दै उहाँले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...