गाजामा विस्थापित शिविरमा आगलागी हुँदा दुईको मृत्यु, पाँच जना घाइते

Published on

काठमाडौं । गाजा सहरमा विस्थापित मानिसले बसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् । अर्को छुट्टै घटनामा, मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा अर्को आगलागी हुँदा एक जना युवतीको मृत्यु भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सीका अनुसार गाजा सहरको यर्मोक स्टेडियममा रहेको विस्थापितको  शिविर भित्र पहिलो आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो भने अन्य पाँच जना जलेका थिए । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । दोस्रो घटनामा नुसिरात शिविरमा बस्दै आएका बालक संलग्न रहेको वफा समाचार उल्लेख गर्दै एजेन्सीले विद्यमान मौसमको कारण आगलागी भएको बताइएको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनआरडब्लुएले यस हप्ताको सुरुमा गाजामा करिब दुई लाख ३५ हजार मानिस डिसेम्बर १० र १७ को बिचमा गम्भीर मौसमको अवस्थाबाट प्रभावित भएको बताएको छ । बायरन नामले चिनिने आँधीले आवाशिय भवन ढल्नुका साथै  विस्थापितको आश्रयलाई क्षति पुगेपछि उनीहरू विस्थापीत भएको बताइएको छ । प्यालेस्टिनी स्रोतका अनुसार डिसेम्बरमा जाडो मौसम सुरु भएदेखि, मौसम सम्बन्धी घटनामा चार बालबालिकासहित कम्तिमा १८ जना प्यालेस्टिनीको मृत्यु भएको छ । स्रोतले लगभग ९० प्रतिशत विस्थापितका शिविर बाढीबाट प्रभावित भएका कारण द्वन्द्वको समयमा घर ध्वस्त भएका परिवारलाई असर गरेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ ।...

बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे

काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन्...

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध...

राससको प्रधानसम्पादकमा महतो

काठमाडौं । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ...