रुवीभ्यालीको लापा गाउँमा पहिलो पटक पुग्याे गाडी

Published on

काठमाडौं । धादिङको रुवीभ्याली गाउँपालिकाको वडा ५ अन्तर्गत पर्ने लापा गाउँमा पहिलो पटक गाडी पुग्दै छ । दुर्गम भूगोल र विशाल चट्टानका कारण लामो समयदेखि सडक विस्तार हुन नसकेको लापा गाउँमा अब औपचारिक रूपमा यातायात सञ्चालन हुने अवस्था बनेको हो । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार लापा गाउँ गाउँपालिकाकै सबैभन्दा ठुलो र बढी जनसङ्ख्या भएको वडा हो । अप्ठ्यारो भौगोलिक बनावट र विशाल चट्टानका कारण सडक निर्माण चुनौतीपूर्ण बनेको थियो । निर्वाचित भएको पहिलो वर्षमै स्थानीय सरकारले नै ब्लास्टिङको व्यवस्था गरी सडक निर्माण अघि बढाइएको उहाँले जानकारी दिनु भयो ।

अध्यक्ष तामाङका अनुसार जिल्ला समन्वय समिति, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाको हेडक्वाटरसँग समन्वय गरेर विशाल चट्टान ब्लास्टिङ गरी सडक ट्रयाक खोलिएको हो । हाल माथिल्लो गाउँसम्म सडक ट्र्याक पुगेको छ भने केही अप्ठ्यारा दुई मोडमा स्थानीय निर्माणाधीन हाइड्रो प्रोजेक्टसँगको सहकार्यमा स्तरउन्नति गरी गाडी चल्ने अवस्था बनाइएको छ । “अब सम्भवतः एक हप्ता–दस दिनभित्र औपचारिक रूपमा लापा गाउँसम्म गाडी गुड्ने छ,” अध्यक्ष तामाङले भन्नुभयो । उहाँका अनुसार आँखु खोला र लापा खोलाको दोभानमा पुल नबनेकाले वर्षायाममा यातायात सञ्चालनमा केही समस्या देखिन सक्ने भए पनि हिउँदभरि गाडी सञ्चालन हुने अवस्था बनिसकेको छ । सडक अभावका कारण यसअघि स्थानीयको दैनिक जनजीवन निकै प्रभावित हुँदै आएको थियो । रुवीभ्याली वडा नम्बर ४ को बतासे गाउँसम्म मात्रै गाडी पुग्ने र त्यसपछि करिब तीन घण्टा भारी बोक्नुपर्ने बाध्यता थियो । अब यातायात सञ्चालनसँगै यातायात, शिक्षा, स्वास्थ्य लगायतका दैनिक जिवन सहज हुने विश्वास गरिएको छ ।

अध्यक्ष तामाङले सडक पुगेपछि स्थानीय नागरिक स्वाभाविक रूपमा खुसी भएको उल्लेख गर्दै जनताले दिएको मतको सम्मान गर्दै उनीहरूको चाहना अनुसार काम गर्न पाउँदा आफूहरू पनि गर्वान्वित भएको बताउनु भयो। आगामी योजनाबारे जानकारी दिँदै उहाँले वडा नम्बर ५ र ६ सहित तीन वडाको दोभान पर्ने स्थानमा पुल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । पुलको डिपीआर तयार भइसकेको र पहिरोका कारण केही प्रभावित भए पनि स्थानीय हाइड्रो प्रोजेक्टहरूसँग समन्वय गर्दै आफ्नै कार्यकालभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उहाँले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...