नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ

Published on

काठमाडौं । एशियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्यो भने प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो ।

एशियामा दक्षिण कोरियाको सेयर बजार सन् २०२५ मा करिब ७५ प्रतिशतले उकालो लागेको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्यो भने जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले उक्लिएको थियो । विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै सबैको प्रश्न एउटै हुन्छ-के यो वृद्धि निरन्तर रहला ? बजारको साझा धारणा अनुसार यो सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरिएको छ । उहाँका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याज दर घट्ने अनुमान गरिएको छ, जसले सेयर बजारलाई थप बल पुर्याउने छ । शुक्रबार हङकङको सेयर बजार २.२ प्रतिशतले बढ्यो । चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)पछि ८० प्रतिशतले उकालो लाग्यो । उक्त कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी लगानीप्रति लगानी कर्ताको चासो अझै बलियो रहेको देखाएको छ । यसैबिच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढ्यो ।

ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजार पनि उकालो लागेका छन् । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्यो । सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले बढेको छ, जहाँ कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकको सकारात्मक प्रतिक्रिया आएको बताइएको छ । यसैबिच, नयाँ वर्षको सुरुआतसँगै सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य पनि बढेको छ । सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...