ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार कार चालक पक्राउ

Published on

काठमाडौं । हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय वासुदेव आचार्य रहेका छन् । पूर्व–पश्चिम राजमार्गमा गत बिहीबार ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिरहेका बेला बा ६ च ८४०९ नम्बरको कार चालक आचार्यले अचानक सिसा बन्द गरी गाडी चलाउँदै भाग्ने क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजयप्रताप शाहलाई ठक्कर दिएका थिए । ठक्करबाट प्रहरी शाह करिब १० मिटर घिसारिएर घाइते हुनुभएको थियो, भने मापसे परीक्षणका लागि प्रयोग भइरहेको ब्रेथलाइजर समेत लिएर चालक फरार भएका थिए ।

घटनापछि फरार रहेका चालक आचार्यलाई खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका ट्राफिक प्रहरी शाहको टाउकोमा १२ टाँका लगाइएको छ भने उहाँको अवस्था हाल सामान्य रहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...