राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

Published on

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिएपनि फराकिलो हार खेप्यो । काँक्रेबिहारका लागि दीपेन्द्र चुनाराले छैटौँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । तर त्यसपछि जावलाखेलका बाउबाकर सिसिखोले १६औँ, निकोलस ह्यामिल्टनले ५०औँ र इन्जुरी समयमा तथा विकाु दर्लामीले ६४औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै जावलाखेलले १० खेलबाट १३ अङ्क बनाएको छ । समान खेलबाट काँक्रेबिहारको एक अङ्क छ । १३ टोली सहभागि लिगको विजेताले १५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...