रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरु

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनभएको छ । यस विमानस्थलबाट हप्तमा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार नेपाल एअरलाइन्सको जहाजमार्फत नियमित उडान भइरहेको हो। लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै नागरिकले समस्या भोगेका थिए। पछिल्लो केहि दिन यता उडानहरु अधिकांश तालिकाअनुसार भएको हुँदा हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ। मौसम प्रतिकूलताका कारण विभिन्न समयमा यस विमानस्थलबाट उडान प्रभावत हुने गरेको थियो। यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको थियो। 

स्टेशन प्रमुख थापाका अनुसार रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान हुने नियमित तालिका छ। गुल्मीलाई सिधै काठमाडौंसँग जोड्ने हवाई यातायातको रुपमा छ। हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरु घुम्नका लागि गुल्मीमा आउने गरेका छन् । रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको छ। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो। ३५ करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण भएको रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ। विमानस्थल कुल १५६ रोपनी जग्गामा फैलिएको छ। विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...