काठमाडौँको तापक्रम घट्यो

Published on

काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ । यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताउनुभयो । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उहाँले बताउनुभयो ।

पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौँको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.३ डिग्री छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री थियो । दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डिग्रीमा झरेको छ ।  दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै छ । 

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भएको छ भने ठाउँठाउँमा खोलाहरु समेत जमेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...