१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ गतेदेखि

Published on

काठमाडौं । ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो । जिल्ला खेलकुद विकास समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । सिदिङ्वा गाउँपालिकाको संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो ।

सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीसहितको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बूका अनुसार सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा–४ साब्लाखुमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा समावेश गरिने विधामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दोलगायत रहेका छन् । उक्त विभिन्न विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र छात्राले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीय तहमा रहेका विद्यालयले सहभागिता जनाउने छन् ।

यता जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि पालिकाले आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार गतवर्ष नै सिदिङ्वा गाउँपालिकामा प्रतियोगिता हुने टुङ्गो लागे यतादेखि नै खेलमैदान निर्माणलाई पूर्णता दिने लगायतका विषयमा पालिकाले तयारी सुरु गरेको थियो । प्रतियोगिता साब्लाखुस्थित टावरडाँडा खेलमैदानमा सञ्चालन हुने गाउँपालिकाकी उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो । गत वर्ष यहाँको मैवाखोला गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...