भोक्टेनीको घर–घरमै खानेपानीको धारा

Published on

काठमाडौं । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका –१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ । हिउँदमा गाउँका इनार सुक्दा खानेपानीको समस्या भोग्न बाध्य स्थानीय अहिले घरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् । मधेश प्रदेश सरकारको ३७ लाख रुपियाँ र हरिवन नगरपालिका –१ कार्यालयको ३३ लाख रुपियाँ लागतमा बोरिङ गाड्ने, ट्रान्सफर्मर राख्ने, पोल गाड्ने र खानेपानीको पाइप विस्तार गर्नेजस्ता काम सम्पन्न गरी सोमबारदेखि धारामा पानी पठाउन सुरु गरिएको हो । धारा जडान गरेका प्रत्येक स्थानीयको घरमा खानेपानी झर्न थालिसकेको वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जजस्ले धारा राखिसक्नु भयो उहाँहरुकोमा पानी झर्न थालिसकेको छ । कतिपयले अहिले धमाधम धारा जडान गर्ने काम गरिरहेका छन् ।”

भोक्टेनी गाउँका २०० बढी घरधुरी खानेपानीबाट लाभान्वित हुनेछन् । चैत, बैशाखतिर गाउँमा रहेका इनार सुकेर पिउने पानीका लागि हैरानी खेप्ने स्थानीय अब बोरिङबाट नियमित पानी आउने आशमा रहेका छन् । स्थानीय ज्येष्ठ नागरिक सुशीलाकुमारी श्रेष्ठले घरमै खानेपानीको धारा झर्दा सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो । “घरमा बुढाबुढी मात्र हुँदा इनारबाट पानी ओसारेर खान समस्या थियो, अब त घरमै धारा आइपुग्यो” श्रेष्ठले भन्नुभयो, “यसैगरी बाह्रैमास पानी आइदिए सुख हुन्थ्यो ।”उपभोक्ता समितिले खानेपानी प्रयोगबापत उपभोक्ताबाट तत्काल एक महिनाका लागि कुनै शुल्क नलिने निर्णय गरेको छ । त्यसपछि समितिको बैठक बसेर न्यूनतम शुल्क उठाउने तयारी गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले जानकारी दिनुभयो । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष साहका अनुसार उपभोक्तालाई आफ्नो घरमा खानेपानीको धारा जडान गर्दा लाग्ने ज्याला र सामग्रीको आठ हजार २०० रुपियाँमध्ये वडा कार्यालयले दुई हजार रुपियाँ तिरिदिएको छ । साहले भन्नुभयो, “बाँकी ६ हजार २०० रुपियाँ उपभोक्ताले तिरेर धारा राखिरहनुभएको छ ।” गाउँमा खानेपानी वितरणका लागि बोरिङ गाड्न, ट्रान्सफर्मर र मिटर राख्न स्थानीय वडा सदस्य उदयनारायण ठाकुर र अर्का स्थानीय हरि ठाकुरले जग्गा प्रदान गर्नुभएको छ । उहाँहरुले खानेपानीका लागि तीन कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको उपभोक्ता समितिका अध्यक्ष साहले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...