सात सय विद्यार्थीलई न्यानो कपडा वितरण

Published on

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका सात सयभन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँ वातावरण नेपाल नामक संस्थाले बुधबार गाउँपालिका भित्रका विभिन्न सात वटा विद्यालयका सात सयभन्दा बढी विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी वितरण गरिएको हो । गाउँपालिका भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई गाउँ वातावरण नामक संस्थाले माइकोट माध्यमिक बिद्यालय ताकुकोटका १४३ जना, माझथर माध्यमिक विद्यालय स्वाँराका ३६५ जना, विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । 

त्यस्तै भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ जना, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७ जना र मुलदेबी आधारभूत विद्यालय ग्याजी हुडीखोलाफाँटका ३३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । त्यस्तैगरी धर्मवती आधारभुत विद्यालय भालुास्वाँराका १३ र नारदपोखरी आधारभूत विद्यालय बारपाकका सात जना विद्यार्थीहरुलाई पनि न्यानो कपडा वितरण गरिएको गाउँ वातावरण नेपालले जनाएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा चिसो बढेसँगै आर्थिक अवस्था कमजोर र अपाङगता, अशक्त विद्यार्थीहरु धेरै भएकाले सामाजिक संघसंस्थाको सहयोगले विद्यार्थीलाई निकै राहात पुगेको पालिकाको शिक्षा शाखाका प्रमुख भिमनारायण श्रेष्ठको भनाइ छ । 

पालिकाभित्रका विद्यालयका प्राधानध्यापकहरुले विद्यार्थीमा दिइने सहयोगले विद्यार्थीहरुको मनाबेल बढ्ने र नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । सहयोग सामग्री पाएपछि विद्यार्थीहरु उत्साहित देखिन्थे । अभिभावकहरुले पनि सहयोग प्रति आभार व्यक्त गर्दै यास्ता सामाजिक संस्थाहरुको सक्रियाताले विपन्न विद्यार्थीहरुको भविष्य उज्यालो हुने बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...