एकता सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल रुकुमपश्चिम आउनुहुने

Published on

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रुकुमपश्चिम आउनुहुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले पुस २६ गतेका दिन मुसीकोट नगरपालिका –१ मा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्न उहाँहरु रुकुमपश्चिम आउनुहुने भएको हो । एकता सन्देश सभा बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपा रुकुमपश्चिमका इन्चार्ज बसन्तकुमार शर्माले पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । अन्य नेताहरुको समेत उपस्थिति हुने उहाँको भनाइ छ ।

शर्माका अनुसार बामघटक दलहरुको बृहत एकतापछि जिल्लामा पहिलो पटक हुने विशाल सभाको तयारी तीव्र रुपमा भइरहेको छ । उहाँले सभामा दस हजार बढी कार्यकर्ताहरु सहभागी हुने गरी तयारी भइरहेको बताउनुभयो । जसका लागि वडास्तरबाटै तयारी र प्रचारको काम भइरहेको उहाँको भनाइ छ । जिल्ला इन्चार्ज शर्माले बामपन्थी एकताको पक्षमा रुकुमको ऐक्यबद्धता देखाउन, पार्टीको धारण जनतामास स्पष्ट पार्न र आगामी प्रतिनिधि सभाको चुनाव लक्षित पार्टीको धारणा सार्वजनिक गर्न सभा आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा उहाँले तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्माले आम जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएर एकता प्रक्रियाबाट पन्छिएकाले रुकुम जिल्ला व्यक्तिभन्दा विचारकै पक्षमा उभिएको सन्देश प्रवाह हुने जनाउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले रुकुमको कम्युनिष्ट आन्दोलनलाई देश भित्र र बाहिरबाट चासो पूर्वक हेरिएको र रुकुम कम्युनिष्टकै किल्ला रहेको साबित दाबी गर्नुभयो । नेता गोपाल शर्मालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएर कम्युनिष्ट एकताको पहिलो सन्देश दिइसकेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा नेकपाबाट एकल रुपमा सिफारिस हुनुभएका गोपाल शर्माले विगतको विरासत जोगाउन नेकपा सफल हुने बताउनुभयो । उहाँले जिल्लाका सर्वमान्य नेता जनार्दन शर्माले पार्टी छोडेपछि विकल्पमा जानु परेको र उक्त जिम्मेवारी आफूले ग्रहण गरेको उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...